काठमाण्डौ । बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ।
![]()
खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको खबर आजको अन्नपूर्णमा छापिएको छ।
अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् ।
क्षेत्रीय खाद्य संस्थान धनगढी असारमा पठाएको ती सय १० क्विन्टल बंगलादेशी चामलमध्ये अहिलेसम्म २० /२५ किलोभन्दा बढी बिक्री नभएको खाद्य संस्थान सीमखेतका प्रमुख ईश्वरीदत्त पाण्डेले जानकारी दिए ।
चामल कसैले नकिनेपछि कुहिने अवस्थामा पुगेको छ।
Facebook Comments Box