झापा । मेचीनगरबाट लागुऔषधसहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक १ बस्ने २३ बर्षीय जिवन लिम्बु ,सोही ठाँउका १८ बर्षीय राजन लिम्बु र इलाम माङसेबुङ्ग ५ बस्ने २६ बर्षीय सन्तोष लिम्बु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनीहरुलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा मेचीनगर ५ भेटघाट चोकबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट लागु औषध टिटि फेनारागन ९५ एम्फुल, लुपिजेसिक ९५ एम्फुल, डाईजोपाम ९५ एम्फुल गरी २८५ एम्फुल फेला पारेको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ ।
Facebook Comments Box