
काठमाडौं । भन्सार विभागले चीन सरकाको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने तयारी गरेको छ।
भन्सार जाँचपासलाई छिटोछरितो बनाउन तथा राजश्व छली र निषेधित बस्तु रोक्नका लागि मुख्य १० भन्सार कार्यालयमा स्क्यानर मेसिन राख्न लागिएको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुख्खा बन्दरगाहमा भएका स्क्यानर मेसिन विग्रिएकाले मर्मत गर्नसमेत चीनसँग आग्रह गरिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।
एक स्क्यान मेसिनको झन्डै १५ करोड रुपैयाँ लाग्छ ।
Facebook Comments Box