काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन्।

आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ र मिनाक्षीको हातबाट राखी बाँधेका हुन्। उनीहरूले मोदीलाई राखी बाध्ने कार्यक्रम तय भएको थियो। तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीको हातबाट राखी बाँधेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
भाजपा कार्यालयका अनुसार अध्यक्ष अमित साह, नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी, राजनाथ सिंहलगायतले पनि नेपाली चेलीको हातबाट राखी बााधेका थिए।
Facebook Comments Box