विर्तामोड । चिकित्सा शिक्षाको सुधारको माग गर्दै इलामको फूलगाछीमा सत्याग्रहमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको समर्थनमा बिहीबार इलामका महिलाले ऐक्यबद्धता र्याली प्रदर्शन गरेका छन्।
‘डा. केसी एक्ला छैनौ, हामी तिम्रो साथ छौं, मार्सी धानको भातसंग ऐन साट्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर इलामका महिला सडकमा निस्किएका हुन्।
इलाम नगरपालिका वडा नं ७ फूलगाछीस्थित एउटा निजी घरमा उनले बुधबार ४. ३० बजेबाट १६औं सत्याग्रह शुरु गरेका हुन्। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन्।
अनशन सुरु गर्दै केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित नभएसम्म लडाइ जारी राख्ने बताएका छन्।
Facebook Comments Box