काठमाण्डौ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने भएको छ। सकड विभागका अनुसार यो सडक अर्को वर्षको भदौमा मात्र पूरा हुनेछ। कारोबार दैनिकमा समाचार छ।
चार वर्षअघि निर्माण सुरु हुँदा गत जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक भूकम्प र नाकाबन्दीको कारण देखाउँदै पूरा गर्ने मिति सारिएको हो। निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माणको काम तीब्र रुपमा अघि बढाइएको सडक विभागले जनाएको छ।
कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्व्र चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिँदै छ। नेपालले चाहेको खण्डमा आफूहरु काठमाडौंको पूरै चक्रपथ विस्तार गरिदिने चीनले पहिल्यै बताएको छ। हाल कलंकीमा रहेको आकाशे पुल भत्काएसँगै काम अघि बढ्ने विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए।
Facebook Comments Box