काठमाण्डौ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । समाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको हो।
एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोष्ट गरेकी थिइन् । प्रहरीका अनुसार स्टाटस पोष्ट गरेलगत्तै उनी जेगवनीबाट सिधै बनारसतर्फ लागिन् । सो स्टाटस पोष्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिएन्।
उनको परिवारले महानगरीय अपराध महाशाख महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सर्वेन्द्र खनाललाई सो सूचना बताएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाएकोले युवतीको ज्यान जोगिएको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।