बारा ।
एकजना एकल महिलाले ७३ वर्षमा नागरिता पाउँदा आँखाभरि आँशु खसाल्दै तँपाई मेरा लागि भगवान् हुनुहुन्छ, त्यसैले आज नागरिकता पाएँ भन्दै हर्षले गद्गद् भइन्।
यसरी नागरिता पाउँदा हर्षका आँशु बगाउने उनी इनवासिरा गाविस–४ बसडिलवा टोल निवासी शिवरतिया देवी बरइन हुन्।
२५ वर्षको जवानीमा पति गुमाएकी बरइनले एकल महिला भएकै कारण कयौं पटक जिल्ला प्रशासन धाउँदा पनि नागरिकता पाएकी थिइनन्। मानवअधिकारका लागि महिला एकल समूह बाराले सो गाविसमा टिआरसी प्रक्रियामा द्धन्द्धपीडित महिलाका लागि न्यायमा पहुँच कार्यक्रम सञ्चालनको क्रममा बरहइले सहभागी भई आफ्नो पीडा सुनाएपछि संस्थाको पहलमा उनले नागरिता पाएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
Facebook Comments Box