कञ्चनपुर । लागूऔषध चरेससहित भीमदत्तनगरपालिका–१३ पिपरैयाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पसल सञ्चालक वर्ष ३७ का मनोजदत्त पन्त र चरेस खरिद गर्ने नगरपालिकाको वडा नं १८ का ३२ वर्षीय तीर्थ टमटा रहेको प्रहरीले जनाएकाे छ ।
टमटाले चरेस २८८ ग्राम पसल सञ्चालक पन्तबाट खरिद गरिरहेका बेला दुवैलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गराएर लागूऔषध कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box