ब्राजिलको रियो दि जेनेरियो शहरस्थित माराकाना रंगशालमा ओलम्पिक खेलको उद्घाटन समारोह भब्य भएको छ।
समारोहमा विभिन्न देशका खेलाडीले राष्ट्रिय झण्डासहित परेड गरेका थिए। दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी फुपूल्हामु खत्रीले नेपाली टोलीको नेतृत्व गर्दै ओलम्पिकमा नेपालको झण्डा उचालेकी छन्।
विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उद्घाटन समारोहमा दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। ओलम्पिक सुरु दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालमा ओलम्पिकका खेल हुनेछन्।
भन्नलाई यो ३१ औं ओलम्पियाड भनिए पनि २८ औं आयोजना हो । सन् १९१६, १९४० र १९४४ मा विश्व युद्धका कारण खेल हुन सकेको थिएन । पाँच सय ५४ जाना खेलाडीसहित भाग लिगएको अमेरिका सबै भन्दा ठूलो टिम हो । यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् । सन् २००० पछि जन्मिएका खेलाडीले यो ओलम्पिकबाट सहभागिता जनाउँदै छन् । नेपालकी १३ वर्षकी पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकमा भाग लिने सबै भन्दा कम उमेरकी खेलाडी हुन् ।
तस्वीर: डेल्ली मेल बाट ।