काठमाडौं । काठमाडौंको दुई स्थानमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ ।
चन्द्रागिरी नगरपालिकाको सतुंगल र महाशक्ति पेट्रोल पम्प नजिकै, पहाड भन्ज्याङमा शंकास्पद वस्तु भएको हो ।
महानगरीय प्रहरी वृत्त, नागढुंगाका अनुसार अहिले शंकास्पद वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द घोषणा गरेको दिन बिहानै राजधानीको दुई स्थानमा शंकास्पद वस्तु भेटिएको हो ।
Facebook Comments Box