काठमाण्डाैं । २ सय ३ किलो ७ सय २० ग्राम अवैध लागूऔषध गाँजासहित लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंले मकवानपुरबाट ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरका पदम हमाल ठकुरी, सिरहाका छेदी दास, धनगढीका सुरेशकुमार महतो, मकवानपुरका कृष्णबहादुर मोक्तान, सिन्धुलीका दिनेश मगर र सिन्धुपाल्चोकका ज्ञानबहादुर बुढासैली रहेका छन् ।

भारतीय नम्बर बीआर आईपी २३४५ नम्बरको बोलेरो गाडीको छत र पछाडिको तलको भागमा फल्स बटम बनाएर ८८ किलो ७२० ग्राम गाँजा ल्याउँदै गरेको अवस्थामा ठकुरी, दास, महतो र मोक्तानलाई पक्राउ गरिएको हो ।
त्यस्तै, बिहीबार बिहान हेटौंडा–११, सरस्वती चोकमा ना ३ च ४७६२ नम्बरको पिकअप गाडीबाट १ सय १५ किलो गाँजासहित मगर र बुढासैलीलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख ठूले राईले बताए ।

उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाइएको छ ।




