काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलो सुनसहित दुई जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एबी १३७३७९८ बाहक जुथामस जाक्पारिंकक्याकूल र राहदानी नम्बर एबी १९९९५०३ बोकेका प्रियानुम होक्छाई छन् ।
विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सुनकै घडीको कभर, माला, बेल्टको बक्कल, चाबी लगायत बनाएर तस्करी गर्न खाजेका थिए । विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परे ।
उनीहरुलाई थप कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box