काठमाडौं । वरपर मजबुद सुरक्षा घेरा रहेकाे ललितपुरको नख्खु कारागारभित्रै एक जना कैदीको हत्या भएको रहस्य बाहिर अाएकाे छ ।
कर्तव्य ज्यान तथा जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भक्तबहादुर सुनुवारको कारगारभित्रै हत्या भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरी अर्का कैदी ‘सिरियल किलर’ अभिषेक सिंहको योजनामा विष खुवाएर सुनुवारको हत्या गरिएको जनाएकाे छ ।
कैदी मनोजकुमार चौरसिया र कैद सजाय भुक्तान गरी छुटेका ध्रुवकृष्ण शर्माको सहयोगमा सिंहले सुनुवारको हत्या गरेकाे खुलेकाे ब्यूरोका निर्देशक नारायणसिंह खड्काले बताए ।
सुनुवारलाई वनस्पतीजन्य पदार्थको समिश्रणबाट विष तयार गरेर खानामा प्रयोग हत्या भएको निष्कर्ष प्रहरीले निकालेकाे छ ।
Facebook Comments Box