काठमाण्डौं । दिन दहाडै अवैध हातहतियार किनबेचमा संलग्न गिराेहका थप २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
विशेष सुराकीका अधारमा पेस्तोलसहित हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर ललितपुर र अपराध शाखा ललितपुरबाट खटिएकाे प्रहरीकाे टाेलीले नख्खिबोटबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवंम प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा ललितपुरका राेशन लिम्बु र नुवाकाेट घर भइ हाल ललितपुर मंगलबजार बस्ने रामचन्द्र अधिकारी रहेका छन् ।
उनीहरुलाई २ वटा पेस्तोल, तीन वटा म्याजिन सहित र ५६ राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
यसअघि काठमाडौं प्रहरी परिसले हिजाे मात्र ललितपुरको नख्खिबोटबाट मेड इन जर्मन लेखिएको पेस्तोलसहित ३ जनालाई पक्राउ गरेकाे थियाे ।

प्रहरीले हिजाे ५ राउण्ड गोली र दुई वटा म्याजिन सहित ताप्लेजुङ भइ हाल ललितपुर बस्ने हेमराज पौडेल, ललितपुर घर भइ हाल ललितपुरनै बस्ने आंशुराम मुक्तान र रामेछाप घर भइ हाल काठमाण्डाैं घट्टेकुलाे बस्ने कृष्णबहादुर जोशीलाई पक्राउ गरेकाे थियाे । उनीहरु माथि थप अनुसन्धान गर्ने क्रममा अाज थप दुई जनालाई ललितपुरको नखीपोटबाटै प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीले अाज परिसरमा पत्रकार सम्मेलन गरि पाचै जनालाई सार्वजनिक गरेकाे छ ।

पक्राउ परेका उनीहरुलाई प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । साथै प्रहरीले उपत्यकामा सुरक्षा थ्रेट बढेकाे भन्दै थप सुरक्षा सतर्कता अपनाएकाे पनि जनाएकाे छ ।