काठमाण्डौं । दिन दहाडै पेस्तोल किनबेचमा संलग्न ३ जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौं प्रहरीले ललितपुरको नख्खिबोटबाट मेड इन जर्मन लेखिएको पेस्तोलसहित ३ जनालाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आकुराम मुक्तान,कृष्णबहादुर जोशी र हेमराज पौडेल रहेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई पछ्याउने क्रममा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ५ राउण्ड गोली र दुई वटा म्याजिन बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई काठमाडौं प्रहरीले ललितपुर प्रहरीको जिम्मा लगाएको छ । उनीहरु माथि थप अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ ।
Facebook Comments Box