काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले ठूलाे परिमाणमा लागूऔषध मनोद्विपक पदार्थ २ हजार ३ सय ७९ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित लागुअाैषध सहित पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का २० वर्षीय मनिष बस्नेत छन् ।
प्रहरीले उनको साथबाट डाइजेपाम ७९३ एम्पुल, बुप्रिनर्फिन नुफिन ९९३ र फेनारगन ७९३ गरी २३७९ एम्पुल र नाइट्रोजेपाम १५ सय ट्याब्लेट बरामद गरेको जनाएको छ ।
उनलाई गोंगबुबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख ठूले राईले जानकारी दिए ।
Facebook Comments Box