२८ असार, काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका मुख्य सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।
बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल खबरमञ्चलार्इ बताए ।
लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।
बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।
थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।
Facebook Comments Box