काठमाडौं–भारतको उत्तर प्रदेशमा १५ रुपैयाँको विवादलाई लिएर दलित समुदायका दम्पतीको हत्या भएको छ ।
उधारोमा किनेर ल्याएको बिस्कुटको पैसासम्बन्धी विवादलाई लिएर कथित उपल्लो जातका किराना व्यापारीले बिहीबार उनीहरुको हत्या गरेका हुन् ।
व्यपारीले बारम्बार बिस्कुटको पैसा माग्दा ती दम्पतीले केही दिनको समय मागेका थिए ।
उत्तर प्रदेशको मेनपुरी जिल्लामा बिहीबार बिहान सो वीभत्स हत्या भएको भारतको प्रेस–ट्रस्ट फ इन्डियाले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Facebook Comments Box