३८ केजी सुन तस्करीकाे अनुसन्धान भइरहेकै बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित फेरि दुई जना पक्राउ परेका छन् ।
पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन सहित उनीहरु पक्राउ परेका हुन् ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीका अनुसार मलद्वारमा लुकाएर सुन ल्याइएकाे हाे । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८-८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।
शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए । चिकित्सकको सहयोगमा सुन निकालिएको छ ।
उनीहरुबाट बरामद भएको सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ छ ।
Facebook Comments Box