भद्रपुर । बिगत केहि दिनदेखि परेको अविरल बर्षाकाे कारण देशका विभिन्न स्थान डुवानमा परेका छन् ।
यता केहि दिनदेखिकाे अविरल वर्षाको कारण मेची नदिमा पानीकाे बहाव बढेपछि भद्रपुर नगरपालिका वडा न.१(साबिक महेशपुर-४)को भैंसाबाडी टोलको पश्चिमबाट पानीकाे भङ्गालाे गाउँ पसेपछि पुरै गाउँ डुबानमा परेकाे छ ।
गाउँ डुबान भएपछि नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी ,पृथ्विनगर र पाठामारीका स्थानीयबासीहरुको सहयोगमा डुङ्गा प्रयोग गरि उक्त गाउँका १२३ घरधुरीका ६२२ जनालाई उद्धार गरि हिमाली उच्च मा.वि.पृथ्वीनगर र हिमाली चोकको बजारको सेडमा स्थानान्तरण गरिएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत संताेष घिमिरेले जानकारी दिए ।
बाढी पीडितहरुलाई सामुहिक भोजनको ब्यवस्था गरिएको अधिकृत घिमिरेले बताए ।
Facebook Comments Box