काठमाडौं । झापा धुलाबारीका युवा अनिश लुइँटेल दोस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गर्न सफल भएका छन् ।
तिब्बततर्फबाट सोमबार करिब साढे ११ बजे अनिसले सगरमाथाको सफल आरोहण गरेकाे क्लाइम्बालय ट्रेक्सले जनाएकाे छ ।यस अघि पनि सगरमाथा आरोहण गरिसकेका अनिस सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटर समेत बनेका छन् ।
अनिस पहिलाे पटक नेपालबाट ७ जेठ ०७३ मा सगरमाथा आरोहण गरेका थिए । त्यस बेला उनले नेपालको संविधानलाई सगरमाथाको चुचुरोमा पुर्याएका थिए ।
यस वर्षको आरोहण शुरु भएको दुई दिनमा ४८ आरोही विश्वकै सर्वोच्च शिखरमा पुगिसकेका छन् ।
गत अाइतबार आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।
यस्तै साेमबार अर्थात आरोहण शुरु भएको दोस्रो दिन एकैपटक ४० आरोही शिखरमा पुगेका थिए।