काठमाण्डाैं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालमा बेपत्ता भएृका व्यक्तिको छानविनको मोडालिटी तयार परोको छ। गोरखापत्र दैनिकमा समाचार छ।
आयोगले विस्तृत छानविन र तथ्यांक संकलनका लागि एन्टिमोर्टम तथ्यांक संकलन फाराम तयार पारेको छ। फाराममा व्यक्ति बेपत्ता पूर्वका सम्पूर्ण विवरण भराउन आयोग टोली भदौभित्रै प्रत्येक उजुरीकर्ताको घरघरमा पुग्नेछ।
वैयक्तिक विवरण सामेल १९ पृष्ठको उक्त फाराम आयोले बिहीबार अनुमोदन गर्दटछ। द्वन्द्वकालीन घटना अनुसन्धानका लागि गठि आयोगले प्रयोग गरेको मध्ये यो विशिष्ट पद्धति हो। द्वन्द्वका क्रममा सबैभन्दा बढी १५ हजार व्यक्तिा बेपत्ता भएको पेरुमा पनि यो प्रणालीको प्रयोग भएको छैन।
आयोग सदस्य एवं प्रवक्ता प्रा. डा. विष्णु पाठकले विस्तृत अध्ययनका लागि तथ्यांक संकलन गर्न एन्टिमोर्टम फाराम तयार भइसकेको जानकारी दिए।
Facebook Comments Box