भद्रपुर । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको ११औँ जिल्ला अधिवेशन श्री कृष्ण प्रणामी मन्दिर चारपानेमा शनिबार सम्पन्न भएको छ ।
नेतृत्व परवर्तनका लागि भएको अधिवेशनबाट सुभाष रिजालको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएको थियो । झापाका ३४ वटा शाखा समितिका २०० भन्दा बढी प्रतिनिधी, पर्यवेक्षक सुन्दरसाथहरुको उपस्थितीरहेको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कृष्ण प्रणामी युवा परिषदले सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रसंसा गर्दै युवाहरुमा सकारात्मक सोचको विकास र दुव्र्यसन मुक्त समाजको निमार्णमा जोड दिए ।
परिषदका अध्यक्ष अनिल ढुंगानाको अध्यक्षतामा भएको अधिवेसनमा नेत्रहीन संघ झापाका अध्यक्ष द्रोण निरौलालाई प्रमुख अतिथिबाट सेतो छडी वितरण, संस्थाका १२ जना पूर्व अध्यक्षहरुलाई सम्मान तथा विभिन्न मन्दिरहरुका विशिष्ट व्यत्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष शान्ति प्रसाद सापकोटा, पदम प्रसाद पोखरेल, केन्द्रीय सदस्य शारदा थपलिया, युवा परिषदका केन्द्रीय अध्यक्ष मातृका प्रसाद प्याकुरेल, उपाध्यक्ष विष्णु प्रसाई, केन्द्रीय सदस्य यज्ञ ढकाल, कमल कोइराला, राम दाहाल, झापा जिल्ला सत्संग परिषद्का अध्यक्ष मिलन कुमार बस्नेत, पूर्व अध्यक्ष युवराज संग्रौला, वाइजु महारानी संघ उपाध्यक्ष लिला देवी घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युवा परिषदका सचिव छवि थपलियाले संचालन गरेको कार्यक्रममा धरान मन्दिरका सन्तमहाराज जगतानन्द, ज्यामिरगढीका महाराज चरणदास शिवाकोटी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष टंक सिटौला र स्वागत भजन चाराली प्रारम्भिक समितिका बालबालिकाहरुले गाएका थिए ।
२१ सदस्यिय निर्वाचित कार्यसमितिमा उपाध्यक्ष टहलदास ओली र दिपक दिनेस दाहाल, सचिव सुरज सापकोटा, सह–सचिव समर्पण खतिवडा, कोषाध्यक्ष मोहन अधिकारी र सदस्यहरु क्रमश लोकनाथ निरौला, कुमार कार्की, संजय कोइराला, नवराज पोखरेल, रमेश सुवेदी, रोसन आचार्य, फडिन्द्र प्रसाद खरेल, दधिराम तिम्सिना, वेदकुमार खरेल, भिम कडरिया, रमेश खड्का, गंगा भट्टराई, दिनेश कुमार उप्रेती, कमल पौडेल र उमेश मिश्र रहेका छन् । त्यसै गरि आगामी केन्द्रिय अधिवेशनका लागि अनिल ढुंगाना, छवी थपलिया र टिका दत्त प्याकुरेल प्रतिनिधीमा सर्वसम्मत चयन भएका छन् ।