काठमाण्डाैं । नेपालकाे संविधानले प्रत्याभूत गरेकाे सूचना पाउने नागरिकको माैलिक हककाे उच्चतम प्रयाेग गर्न अाह्वान गर्दै राष्ट्रिय सूचना आयोगले आफ्नो दशाैं स्थापना दिवस अाइतबार विविध कार्यक्रम गरि मनाएको छ । यद्धपि स्थापना दिवस हिजाे अर्थात वैशाख २२ गते नै परे पनि हिजाे शनिबार भएकाले अाज अाइतबार कार्यक्रम गरिएकाे अायाेगले जनाएकाे छ ।
स्थापना दिवसको अवसरमा आयोगलेअाइतबार बिहान रत्नपार्कबाट सूचनाको हकको प्रयोग गरौं, सूचना माग्ने,पाउने र प्रवाह गर्ने हक सुनिश्चित गराैं,सूचनाको हक नागरिकको माैलिक अधिकार लगायत विभिन्न सन्देशमुलक व्यानर र प्ले कार्ड सहित प्रभातफेरी निकालिएको थियो ।
प्रभातफेरी अायाेगकाे अनामनगर स्थित कार्यलयमा पुगि समापन भएकाे थियाे । समापन कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले आयोगले सूचनाको हक सम्बन्धमा थुप्रै सामाग्रीहरु तयार गरेको उल्लेख गर्दै सबैलाई सूचनाको हकको उच्चतम प्रयोग गर्न आग्रह गरे । साथै उनले सबै शिक्षकहरुका निम्ति सूचनाको हकको मार्ग निर्देशिका तयार भइरहेको पनि बताए ।
नेपालकाे संविधानकाे धारा २७ मा सूचनाकाे हककाे व्यवस्था गरिएकाे छ । सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक निकायले तीन तीन महिनामा अाफ्ना कामहरु सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
हेराैं प्रभातफेरीका केहि तस्वीरहरुः










