काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एकै पटक ७९ एसपीको सरुवा गरेको छ। २४ वटा जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन भएका छन्।
सर्लाही, पर्सा, धनकुटा, काभ्रे ,सिराहा, बारा, रौतहट, सुर्खेत ,नवलपरासी, धनुषा ,सर्लाही ,डोटी ,कपिलबस्तु ,नुवाकोट
,इलाम, सुनसरी ,मकवानपुर ,गोरखा ,धादिङ, चितवन ,सिन्धुली ,बाग्लुङ ,भक्तपुर, तनहुँ ,कास्की र कैलालीका प्रहरी प्रमुखको सरुवा भएको हो।
कास्कीमा ओमबहादुर राना, डोटीमा किसनसिंह थापा, धनुषामा गोविन्द थपलिया, स्यांजामा जयराज सापकोटा, सिराहामा जिवनकुमार श्रेष्ठ, धादिङमा डम्बरबहादुर विक,बाग्लुङमा दिपक रेग्मी,
कन्चनपुरमा दिल्लीराज विष्ट, नुवाकोटमा बसन्त कुमार कुँवर, कैलालीमा विनोद घिमिरे, गोरखामा विमल बस्नेत,कपिलबस्तुमा मनोजकुमार यादब, इलाममा माधवप्रसाद श्रेष्ठ, बारामा मिरा चौधरी, रौतहटमा रविन्द्र केसी, काभ्रेमा रविराज खड्का, सुनसरीमा राजन अधिकारीको सरुवा भएको छ।
नवलपरासीमा राजेन्द्रप्रसाद भट्ट, सिन्धुलीमा रामेश्वर यादब, पर्सामा रेवती ढकाल, मकवानपुरमा लोकेन्द्र श्रेष्ठ, तनहुँमा सिद्धिविक्रम शाह, धनकुटामा सुरेन्द्रबहादुर गुरुङ , चितवनमा शुसिलसिंह राठौर, सर्लाहीमा हृदय थापा र भक्तपुरमा हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ।