काठमाडौं । सरकारले सिन्डिकेट व्यवस्था खारेजपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन फिर्ता लिएसंगै सडकमा यातायातका साधन निर्वाध चल्न थालेका छन्।
शनिबार यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति निकाल्दै आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन् ।
व्यवसायीले शनिबारदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् ।
Facebook Comments Box