काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री थापाले गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका हुन् ।
यातायात व्यवसायीले सरकारले जारी गरेको निर्देशिका खारेजको माग गर्दै करिब साढे २ लाख सार्वजनिक सवारी साधन आज बन्द गरेका छन् ।
Facebook Comments Box