विर्तामाेड । इलामको रोङ गाँउपालिका –१ कटहरेकी ७७ वर्षीया बलात्कृत बृद्धाको उपाचार खर्च रोङ गाँउपालिकाले व्यहोर्ने भएको छ ।
बुधबार गाँउपालिकाका अध्यक्ष संशेर राईको संयोजनमा अस्पताल पुगेको टोलीले अस्पताल प्रशासनसँग गरेको छलफलमा उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने बताएको हो ।
घटनाले दुःखी बनाएको बताउँदै दोषीलाई कारबाहीको दायारमा ल्याउने आश्वासन गाँउपालिका प्रमुख राईले दिएका छन् । बुद्धा अवस्थामा भएको घटनाको कारण बलात्कार भएको हो या होइन भनेर छुट्याउन अस्पताललाई समेत समय लाग्ने भएको गाँउपालिकाका प्रवक्ता सुवास तामाङले बताए ।
उनले भने, ‘ सरकारी अस्पतालमा परिक्षण गर्नुपर्ने भएकाले बृद्धालाई मंगलबार प्रहरीको सुरक्षामा मेची अस्पताप भद्रपुर लगेर परिक्षण गरिएको छ ।’ सबै रिर्पोर्ट नआएको कारण बलात्कार एकल वा सामुहिक पत्ता लागन समय लाग्ने बताइएको छ । घटनाप्रति अस्पतालको ध्यानकर्षण भएको बताउँदै, उपचार खर्चको केही प्रतिशत अस्पतालले वेहोर्ने डा.अनिल बस्नेतले बताए ।
छलफलमा झापा क्षेत्र–२ की सांसद पवित्रा खरेल, रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राई, इलाम जिल्ला समन्वय समिति सदस्य चन्द्र मगर, रोङ गाउँपालिका प्रशाशकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो । इलाका प्रहरी कार्यालय पशुपतीले घटनामा संग्लन ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ । आइतबार बेलुका ११ राती ११ बजे उनी सामुहिक बलात्कारकाे शिकार बनेकी थिइन् ।