काठमाडाै । बालविवाह न्यूनीकरणका लागि आज मंगलबारदेखि सय दिने अभियान शुरु हुने भएको छ।
सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा आगामी साउन २३ गतेसम्म सो अभियान सञ्चालन हुने बताइएको छ।
युनिसेफको तथ्यांकअनुसार दक्षिण एशियामा बालविवाहको दर सबैभन्दा उच्च छ। हरेक २ मध्ये १ बालिकाको विवाह १८ वर्ष नपुग्दै हुन्छ। सो तथ्यांकलाई आधार मान्ने हो भने एसियामा बङ्गलादेश, भारत र नेपाल बालविवाह हुने देशमा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा पर्छन्।
Facebook Comments Box