विर्तामोड । इलामको रोङ गाउँपालिका–१ मा एक बृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् । रोङगाउँपालिका १ शान्तिपुरकी ७७ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको हो । उनलाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन् । अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।
पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ । हस्पिटलका डा. अनिल बस्नेतका अनुसार महिलालाई आइतबार राति नै हस्पिटल ल्याएको हो ।
Facebook Comments Box