बुटवल । १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध लुम्बिनीमा आयोजित अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । २ दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय समेत गरेको छ ।
२३ देशका अन्तर्रा्ष्ट्रिय अन्तर्रा्ष्ट्रिय बौद्ध विद्वान्, धर्मगुरु, भिक्षु, भिक्षुणी लगायतको सहभागितामा भएकोे सम्मेलनले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्विका गर्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेको छ ।
सम्मेलनलाई एक समारोहका बीच समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको दाबी गर्नु भयो । विश्वलाई अँध्यारोबाट हटाउन बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा र्पुयाएको उहाँले चर्चा गर्नु भयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गर्नु भएको छ ।