रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै उहाँले बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको बताउनु भयाे ।
मन्त्री अधिकारीले भन्नुभयो, “साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ । उहाँले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको छ भन्नुभयो ।
उहाँले अन्तर्राष्टिय बौद्ध सम्मेलनले धार्मिक पर्यटनलाई बढवा दिनाका साथै अन्तर्राष्टिय सम्बन्ध र व्यवहार बढाउनसमेत सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
Facebook Comments Box