काठमाडाै । सम्पदा पुनःनिर्माण कार्यबाट जर्मन विकास बैंक (केएफडब्लू) पछि हटेको छ ।
२०७२ बैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लूपछि हटेको हो ।
सम्पदा पुनःनिर्माण कार्यको प्रक्रियाका सम्बन्धमा नगरपालिका र दातृ निकायबीच सहमति हुन नसक्दा केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो ।
सम्पदा पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत गर्ने कि अन्तर्राष्ट्रिय टेण्डरबाट गर्ने भन्ने मुख्य विवादका कारण केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो ।
सम्पदा पुनःनिर्माण स्थानीय उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोगमार्फत् गर्नुपर्ने अडान भक्तपुर नगरपालिकाले राख्दै आएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय टेण्डरमार्फत् गर्नुपर्ने अडान दातृ निकाय केएफडब्लूले राख्दै आएको थियो ।