काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।
बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप ९० अर्ब ८१ करोड र कर्जा ७९ अर्ब ७१ करोड पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।
बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ ।
Facebook Comments Box