काठमाण्डाैं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । यसमा पुरानोभन्दा केही विशेष परिवर्तनहरु गरिएका छन् ।
आकार भने साविककै कायम गरिएको छ । यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए । अहिले दुई वटा पाटे बाद्दको सट्टामा एउटा मात्रै राखिएको छ ।
नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ । नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको छ ।
नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ । ३.५ मिलिमिटर चोडा भएको र नोटलाई सिधा हेर्दा रातो रङ तथा ढल्काएर हेर्दा हरियो रङ देखिने गरी सुरक्षण धागो पनि राखिएको राष्ट्र बैंकले जनाएको छ ।
Facebook Comments Box