काठमाण्डाै । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ ।
आज अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका छन् । त्यस अवसरमा उनले आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्य आरम्भ गरिएको पनि बताए ।
अर्थमन्त्री खतिवडाले अव छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले विद्युतीय प्रणालीबाट सुरु गरिएको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन मातहतका निकायलाई पनि निर्देशन दिए ।
Facebook Comments Box