काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माणलाई सक्दो चाँडो सरकारले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै यस्ताे बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल पनि गर्नुभयो ।
Facebook Comments Box