चितवन । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले शनिबारराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।
स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार शनिबार राती ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । धु्रवे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो । आजको हिमालय टाइमसमा खबर छ ।
Facebook Comments Box