काठमाडौं । आज पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभरका देशहरुमा मनाईंदैछ । हरेक वर्ष वर्यावरणीय महत्व तथा पृथ्वीमा आश्रीत प्राणी तथा वनस्पतिको रक्षा अनि दीगो भविष्यको कामना र त्यसका लागि गर्नु पर्ने प्रयासका बारेमा जानकारी गराउँदै अप्रिल २२ का दिन यो दिवस मनाउने गरिन्छ ।
सन् १९७० देखि अमेरिकाबाट मनाउन सुरु भयो पृथ्वी दिवसलाई सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३ औँ महासभाले औपचारिक मान्यता दिएको थियो । संयुक्त राष्ट्रसंघले औपचारिक रुपमा नै अप्रिल २२ लाई पृथ्वी दिवसको रुपमा मनाउने घोषणा गरेपछि अहिले विश्वका प्रायः देशले यो दिवस मनाउने गरेका छन् ।
Facebook Comments Box