काठमाडौं । नेपाली आकाशमा आज उल्का वर्षा हुने भएको छ । वैैशाख ५ गतेदेखि सक्रिय भएको विणा उल्का वर्षा आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आइतबार राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्न सकिने खगोलविद् सुरेश भट्टराईले बताउनुभयो ।
भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ । थ्याचर नामक पुछ्र्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गरेको उहाँले बताउनुभयो । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ ।
पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने र यो लाखौँ किलो मिटरसम्म फैलिने उहाँले बताउनुभयो ।
Facebook Comments Box