काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ ।
पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गएिको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । आचार्यले भने, ‘अबको केही दिनभित्रै पुनःनिर्माणका क्रममा प्रयोग भएको सबै निर्माणका सामग्री हटाइने छ र आगामी जेठ १ गतेदेखि निर्माणको काम शुरु गर्ने गरी कामपाका पदाधिकारीबीच छलफल भइसकेको छ ।’
परम्परागत शैली मासिएको भनी गुनासो आएपछि गोरखा भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको थियो । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करीब तीन महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको थियो । आजको हिमालय टाइम्समा खबर छ ।