काठमाडौं । मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ।एमएक्सडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।
दुर्घटना गएराति १०:१५ बजे भएकाे हाे। बोइङ बी७३९ जहाजमा १३३ यात्रु थिए। सबै यात्रु सुरक्षित छन्।
टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो।
धावनमार्गमै जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।
Facebook Comments Box