वीरगञ्ज । प्रहरीले कुटपीट गरेको विरोधमा आन्दोलनमा उत्रिएका ट्याङकर चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । स्थानीय प्रशासन, नेपाल ट्याङ्कर चालक संघ र नेपाल आयल निगमका प्रतिनिधिहरुको बैठकमा सहमति जुटेपछि ट्याङ्कर चालक संघले आन्दोलन फिर्ता लिएको हो ।
आन्दोलन फिर्ता लिएपछि ट्याङकर चालकहरुले पेट्रोलियम पदार्थहरु ढुवानी गर्न थालेका छन् । आज वीरगञ्जमा बसेको स्थानीय प्रशासन, नेपाल आयल निगम अमलेखगञ्जका प्रमुख प्रदीप यादव, वीरगञ्जका प्रमुख जगदिश यादव, ट्याङ्कर चालक संघका प्रतिनिधिबीचको बैठकमा सहमति जुटेको थियो ।
प्रशासनले ट्याङ्कर चालकमाथि दुव्र्यबहार गर्ने इनर्वा प्रहरी चौकीका ईन्चार्जलाई कारबाही गर्ने र आयल निगमले कुटपीटबाट घाइते भएका ट्याङकर चालकको उपचार गर्ने सहमति भएपछि तेल ढुवानी गर्न थालिएको नेपाल तेल ट्यांकर चालक संघका अध्यक्ष विनोद मानन्धरले जानकारी दिनु भयो ।