विर्तामोड । वीरता जेसीजका पूर्व अध्यक्षहरुको संस्थाले हरेक बर्ष प्रदान गर्दै आएको झापाका उत्कृष्ट नागरिकको सम्मान यस बर्ष विर्तामोडमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई प्रदान गरिएको छ।
मंगलबार विर्तामोडको अतिथि सदनमा आयोजित कार्यक्रममा गिरीलाई सम्मान गरिएको हो। उनलाई नेपाली टोपी तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, वीरता जेसीजका अध्यक्ष एकराज गिरीले टोपी तथा सम्मान पत्र प्रदान गरेका थिए।
उनलाई झापाका विभिन्न एक सय भन्दा बढी संस्थाले सामुहिक कदरसमेत प्रदान गरेका थिए।
वीरता जेसीजले २०५२ सालदेखि झापालाई कार्य क्षेत्र बनाएर विभिन्न विधामा उत्कृष्ट काम गर्नेलाई बर्षेनी सम्मान गर्दै आएको छ।