काठमाण्डाैं । सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गर्नु भएको हो ।
उहाँले सो विमानस्थल २४ घण्टा नै संचालन गर्ने आफ्नो लक्ष्य रहेपनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पार्नु भयो । मंगलबार काठमाडौंमा पर्यटनविद्हरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तराष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि बताउनु भयो ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन सरकारले विज्ञहरुसँग नियमित परामर्श गर्ने पनि बताउनु भयो ।
Facebook Comments Box