काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मितिमा विवाद हुँदा पेन्सन पट्टा बन्न सकेको छैन । दुईवटा जन्ममितिमा विवाद देखिएपछि उनको अवकाश मिति दुईवटा हुँदा पेन्सन पट्टा तयार पार्ने निजामती किताबखाना अलमलमा देखिएको हो ।
पराजुलीले चैत २ देखि लागू हुनेगरी पेन्सन पट्टा पाउनुपर्ने दाबी गर्दै किताबखानामा निवेदन दिएका थिए । न्यायपरिषद्बाट पठाइएको विवरणअनुसार पराजुलीको अवधि २०७४ साउन २१ सम्म रहेको उल्लेख छ । आजको नागरिकमा खबर छ ।
Facebook Comments Box