काठमाण्डाैं । यातायात व्यवसायीले वैशाख २० गते सबै भाडाका यातायात ठप्प पार्ने निर्णय गरेका छन् ।
सरकारले सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन् । विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवाइ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।
महासंघले आन्दोलनका कार्यक्रमलाई गोप्य राखेको छ । आन्दोलनका बारेमा महासंघले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ । सरकारले निर्दे्शिका जारी गर्दै कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउनुपर्ने, यातायात समिति असारदेखि नविकरण नगर्ने लगायतका सुधारका मुद्दा अघि बढाएको थियो ।
Facebook Comments Box