काठमाण्डौं । निर्वाचन आयोगले बैशाखको पहिलो साताबाट सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।
आयोगले बैशाख २ गतेबाट सबै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने तथा नामावलीमा रहेका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आयोग पदाधिकारी बैठकले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ । स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै आयोगले नामावली संकलन र अद्यावधिकलाई अगाडि बढाउने निर्णय गरेको हो ।
Facebook Comments Box