काठमाण्डौं । मेलम्ची खानेपानी आयोजना निर्माणको करिब ७ वर्षपछि आयोजनाले एक कार्यक्रमका बीच सुरुङ निर्माणको सम्पन्न भएको जनाएको छ । आज आयोजनाले एक औपचारिक कार्यक्रमका आयोजना गरि २६ किलोमिटर सुरुङको निर्माण सम्पन्न भएको जनाएको हो ।
मंगलवारनै सुरुङको व्रेक थ्रु भएको भएपनि आज औपचारीक कार्यक्रमको आयोजना गरी सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाले उपराष्ट्रपति नन्दवहादुर पुन, सिचाइ तथा खानेपानी मन्त्री विना मगरको उपस्थितिमा सुरुङ निर्माणको काम सकिएको घोषणा गरिएको थियो । सुरुङ निर्माण सम्पन्न भएसंगै करिब १९ वर्षपछि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा आउने निश्चीत भएको छ ।
Facebook Comments Box